रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासनबारे छानबिन गर्न समिति गठन


काठमाडौँ। रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन विवादबारे छानबिन गर्न नेपाल धितोपत्र बोर्डले समिति गठन गरेको छ । बोर्डले बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्नेबारे भएका कामकारबाहीबारे निष्पक्ष छानबिन गर्न समिति गठन गरेको हो ।

अर्थ मन्त्रालयले पुस १ मा धितोपत्र बोर्डलाई पत्र पठाउँदै रिलायन्स स्पिनिङको बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासनबारे छानबिन गर्न निर्देशन दिएको थियो ।बोर्डले समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनेको छ।

यसैअनुसार बोर्डको बिहीबार बोर्ड सदस्य विनोदकुमार भट्टराई र पीताम्बर भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँ दायित्वको हिसाब नगरी सेबोनले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्न रिलायन्स स्पिनिङलाई अनुमति दिएपछि तत्कालीन प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २०८१ असार अन्तिम साता स्थगित गर्न लगाएको थियो।

बोर्डका अनुसार समितिले आवश्यकतानुसार अन्य व्यक्तिलाई समेत आमन्त्रित गर्न सक्ने पनि बोर्डले जनाएको छ ।

प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।