सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ अंकमा पुगेको छ। सोमबार ३३२ कम्पनीका ९१ लाख ६७ हजार ३५९ कित्ता सेयरहरु ६५ हजार ३१२ पटक किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ।

आइतबार नेप्से १९.९२ अंकले घटेर २५९५.१० अंकमा पुग्दा ४ अर्ब ५२ करोड ८७ लाख १५ हजार रुपैयाँको कारोबार भएको थियो।

सोमबार व्यापार समूह २१.६४ अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ।

सोमबार एसवाई प्यानलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १०.२५ प्रतिशत सिटिजन बैंकको डेभेन्चर मूल्य ६.०१ प्रतिशतले बढेको बजारमा १०.२५ प्रतिशत केबीएल डेभेन्चर मूल्य ५.९२ प्रतिशत, सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.९ प्रतिशतले र पियोर इनर्जीको सेयर मूल्य ५.८७ प्रतिशतले बढेको छ।

यता, मानुशी लघुवित्तको सेयर मूल्य ६.८४ प्रतिशतले घटेको छ । लक्ष्मी लघुवित्तको सेयर मूल्य ५.५८ प्रतिशतले घट्दा स्वस्तिक लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशत, तेह्रथुम पावर कम्पनीको सेयर कम्पनी ५.२ प्रतिशत र हिम स्टार ऊर्जा कम्पनी ४.३९ प्रतिशतले घटेको छ।

कारोबार रकमको आधारमा लुम्बिनी विकास बैंक १० करोड ३० लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ। कारोबारमा आएका इकाई संख्याको आधारमा गरिमा समृद्धि योजना १२ लाख ७७ हजार १८० इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा एसवाई प्यानल ६ हजार ३९२ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ।

सोमबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ३३ अर्ब ९२ करोड ४० लाख रुपैयाँ कायम भएको छ । आइतबार बजार पूँजीकरण ४३ खर्ब ५७ अर्ब २३ करोड ६७ लाख रुपैयाँ कायम भएको थियो।

 

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।