एकैदिन तोलामा ५५ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । सोमबार सुन प्रतितोला २ लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । सोमबार प्रतितोला चाँदी ४ हजार २३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४८१.७ अमेरिकी डलर र चाँदी ६९.५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।