सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार, ३ अर्ब ४२ करोडको कारोबार


काठमाडौँ । सेयर बजार परिसुचकमा सामान्य अंकको सुधार आएको छ । मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ अंकमा पुगेको छ । कारोबारमा आएका ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयरहरु ९२ हजार ७४६ पटक किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार अन्य समूह सबैभन्दा बढी २९.४७ अंकले बढ्दा उत्पादन तथा प्रशोधन समूह २०.८२ अंकले बढेको छ । जलविद्युत समूह ९.७८ अंकले, लघुवित्त समूह ८.४१ अंकले, होटल तथा पर्यटन समूह ७.४१ अंकले, वित्त समूह ४.५३ अंकले र वाणिज्य बैंक समूह १.३७ अंकले बढेको छ ।

जीवन बीमा समूह सबैभन्दा बढी जीवन बीमा समूह १०२.८९ अंकले घटेको बजारमा निर्जीवन बीमा १७.४५ अंकले र विकास बैंक समूह ८.९५ अंकले घटेको छ ।

एसवाई प्यानलको सेयर मूल्य ७.०१ प्रतिशतले बढ्दा गुराँस लघुवित्तको सेयर मूल्य ६.०१ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ५.९६ प्रतिशतले र गरिमा विकास लघुवित्तको सेयर मूल्य ५.८५ प्रतिशतले बढेको छ ।

यता, सिटिजन्स जीवन बीमा कम्पनीको सेयर मूल्य ५.९७ प्रतिशतले घट्दा सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.८७ प्रतिशतले, पियोर इनर्जीको सेयर मूल्य ४.२८, पोखरा वित्त लिमिटेडको सेयर मूल्य २.६८ प्रतिशतले र भुगोल हाइड्रोको सेयर २.४७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एसवाई प्यानल ३० करोड ९८ लाख १७ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि इसवाई प्यानल ३ लाख ९१ हजार ३७१ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा पनि एसवाई प्यानल ३८ हजार ९३० पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।