सुनचाँदीको मूल्य हालसम्मकै महँगो, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा सुनचाँदीकै मूल्य अहिलेसम्मकै महँगो भएको छ । आज सुन तोलामा ९०० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । आज चाँदी तोलामा १६५ रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४९९.७१ अमेरिकी डलर र चाँदी ७२.२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।