काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदी कै मूल्य घटेको छ । हालसम्मकै उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज घटेको हो । आज सुन तोलामा ६०० रुपैयाँले घट्दा चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ४ हजार ४२० रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४७९.५३ अमेरिकी डलर र चाँदी ७१.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया