काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यले पुनः रेकर्ड बनाएको छ । बिहीबार उच्च मूल्यबाट घटेको सुनचाँदीको भाउ शुक्रबार फेरी बढेर रेकर्ड बताएको हो ।
आज सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेसँगै २ लाख ७० हजार नजिक पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । बिहीबार सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदी तोलामा १६५ रुपैयाँले बढेसँगै रेकर्ड कायम गरेको हो । आज चाँदी प्रतितोला ४ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन ऐतिहासिक मूल्य हो । बिहीबार प्रतितोला चाँदी ४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१०.५४ अमेरिकी डलर र चाँदी ७४.७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया