घट्यो अण्डाको समर्थन मूल्य, कति पुग्यो ?


काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक संघले आज (शुक्रबार) देखि लागु हुने गरी अण्डाको मूल्य घटाएको छ ।

नयाँ मूल्यअनुसार अति ठूलो अण्डा प्रति क्रेट ५३०, ठूलो अण्डा ५१५ र मिडियम अण्डा प्रति क्रेटलाई ५ सय रुपैयाँ समर्थन मूल्य तोकेको छ ।
संघले तीन प्रकारकै अण्डाको मूल्यमा प्रति क्रेट ५० रुपैयाँ घटाएर नयाँ समर्थन मूल्य सार्बजनिक गरेको हो ।

यसमा ढुवानी भाडा प्रति पेटी १३० अतिरिक्त लाग्ने संघले जनाएको छ ।

यसअघि संघले गत् मंसिर २३ गतेदेखि लागु हुने गरी अति ठूलो अण्डाको समर्थन मूल्य ५८०, ठूलो अण्डाको ५६५, मिडियमको ५५० र सानो अण्डा प्रति क्रेट ४६४ रुपैयाँ सार्वजनिक गरेको थियो ।

संघले गत महिनामा २३ मंसिर, १३ मंसिर, ७ मंसिर र ३ मंसिरमा गरी चार पटकसम्म अण्डाको समर्थन मूल्य सार्वजनिक गरेको थियो ।

मंसिर २३ गते सार्वजनिक गरिएको अण्डाको समर्थन मूल्य अहिलेसम्मकै अत्याधिक भएको भनेर संघको चौतर्फी आलोचनासमेत भएको थियो ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।