कोरोना बीमा गर्नेको संख्या १७ लाख नाघ्यो, ६० हजार बढीमा भेटियो संक्रमण

0
Shares

कोरोना भाइरस (कोभिड-१९) बीमालेख खरिद गर्नेको संख्या १७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकं अनुसार हालसम्म कोरोना बीमालेख खरिद गर्नेको संख्या १७ लाख १३ हजार पुगेको हो ।

कोरोना बीमा गरेका बीमितमध्ये ६० हजार भन्दा बढीलाई कारोना पोजेटिभ देखिएको छ । समितिका अनुसार कोरोना बीमा गर्ने ६० हजार ५८४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । कोरोना बीमा गर्ने ३१ हजार ९६५ जनाले भुक्तानी रकम बुझेका छन् ।

३१ हजार ९६५ जना बीमितलाई ३ अर्ब ११ करोड २२ लाख रुपैयाँ भुक्तानी भएको छ भने २८ हजार ६१९ जना बीमितले कोरोना बीमाको भुक्तानी पाउन बाँकी रहेको छ । जसमध्ये ५ हजार २३७ दावीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेका छन् । दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ७९ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । ५ हजार ३२८ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

समितिका अनुसार १० हजार ९३ वटा दाबी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् भने १ सय २१ वटा दाबीका फाइल अध्ययनका लागि पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, २२६ वटा दाबी पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । ९ हजार ८६३ वटा दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा रहेको बीमा समितिले जनाएको छ ।

बीमा समितिले विश्व महामारी रुपमा फैलिएको कोभिड १९ का कारण विश्व नै आक्रान्त बनेका बेला कोरोना बीमालेख जारी गरेको थियो । कोरोना बीमा अन्र्तगत दुई वटा बीमांकका बीमा गर्न सकिन्छ । एक लाख रुपैयाँको बीमा गर्न चाहाने व्यक्तिको हकमा एक हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क निर्धारण गरिएको छ । तर एक परिकारको सम्पूर्ण सदस्यको बीमा गर्ने हो भने प्रति व्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । त्यस्तै, कार्यालयले आफ्नो सम्पूर्ण कर्मचारीकहरुको बीमा गरेमा प्रति व्यक्ति ६ सय रुपैयाँ लाग्ने छ ।

पचास हजार बीमांक रकमको बीमा गर्दा प्रति व्यक्ति ५ सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । परिकारका सम्पूर्ण सदस्यको बीमा गरेमा प्रति व्यक्ति ३ सय रुपैयाँ लाग्ने छ । साथै कार्यालयले आफ्ना सम्पूर्ण कर्मचारीको सामुहिक बीमा गरेमा प्रति व्यक्ति ३ सय रुपैयाँ नै लाग्ने छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।