काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी अलैँची निर्यात


झापा । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा काँकडभिट्टा नाकाबाट सबैभन्दा बढी निर्यात हुनेमा अलैँची शीर्ष स्थानमा छ । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार उक्त अवधिमा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको अलैँची भारततर्फ निर्यात भएको छ ।

कार्यालयका अनुसार उक्त अवधिमा १ अर्ब ८५ करोड ६२ लाख ७ हजार रुपैयाँको चिया र ८३ करोड ७० लाख ८६ हजार रुपैयाँको प्लाइउड निर्यात भएको छ । साथै ४८ करोड ५२ लाख ७३ हजार रुपैयाँको छुर्पी, ४४ करोड ९९ लाख ११ हजार रुपैयाँको भेनियर सिट, ३७ करोड ४५ लाख ३८ हजार रुपैयाँको अदुवा र सुठो, ३० करोड ४१ लाख ४९ हजार रुपैयाँको अम्रिसो र ११ करोड ३१ लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको काउली र बन्दागोपी निर्यात भएको छ ।

साथै, ९ करोड १२ लाख ८७ हजार रुपैयाँको मुसुरो र ३ करोड ७८ लाख ८३ हजार रुपैयाँ मूल्य बराबरको फलामे पाता पनि निर्यात भएको भन्सारले जनाएको छ ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  १२ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।