काठमाडौँ । निरन्तर नयाँ रेकर्ड बनाईरहेको सुनचाँदीको भाउ मंगलबार घटेको छ । आज सुन तोलामा ७ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदी तोलामा ३०५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४ हजार ५९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी ४ हजार ८९५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३६२.४७ अमेरिकी डलर र चाँदी ७४.२७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया