गरिमा विकास बैंकद्धारा दुई नयाँ कर्जा योजना सार्वजानिक

0
Shares

गरिमा विकास बैंकले आफ्नो कर्जा प्रवाह रणनितीलाई थप प्रभावकारी बनाउन नयाँ कर्जा सुविधाहरु सार्वजानिक गरेको छ । बैंकले नयाँ कर्जा सुविधाहरु अन्तर्गत गरिमा इजी एसएमई लोन र गरिमा इजी होम लोन सार्वजानिक गरेको हो ।

हाल विश्वमा आएको महामारी कोभिड १९ का कारण अर्थतन्त्र शिथिल भएको परिस्थितिमा वढ्दो वेरोजगार तथा उघमीहरुको उघमशिलतामा समेत ह्रास आएको वेलामा नयाँ कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

सरल र सहज तवरवाट कम व्याजदरमा कर्जा सुविधा दिएर लगानीको वातावरण सृजना तथा उघमशिलताको विकास सगै रोजगार सृजनामा ठुलो टेवा पुगोस् भनी बजारमा थप आक्रामक तवरवाट बजार विस्तार गर्न गरिमा विकास बैंकले ग्राहकमैत्री कर्जा सुविधाहरु लिएर आएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।

दुबै कर्जा सुविधाहरु ८.८८% ब्याजदरमा उपलब्ध भएको र धितो मुल्याङ्कनको शतप्रतिशत गरिमा इजी एसएमई लोनमा लगानी गर्न सकिने छ भने कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशत सम्म गरिमा इजी होम लोनमा कर्जा प्रवाह गर्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै अन्य बैंक तथा वित्तिय संस्थाबाट निःशुल्क कर्जा सार्न सकिने र दुवै कर्जाको सेवा शुल्कमा पनि ५०% सम्म छुट सुबिधा पाउन सकिने छ । हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैकिङ्ग सुविधा दिदै आईरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।