काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको छ । चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ५९ हजार ६०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बिहीबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३२५.४४ अमेरिकी डलर र चाँदी ७१.४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया