आजदेखि खुल्यो रसुवागढी नाका, चीनतर्फ जान थाले कन्टेनर


काठमाडौं । ६ महिनापछि रसुवागढी नाका सञ्चालनमा आएको छ । रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार आजदेखि सो नाकाबाट पूर्ण रूपमा सवारी साधन सञ्चालनमा आएको हो ।

सो नाका हुँदै चीनबाट सामान आयातका लागि कन्टेनर पठाउन थालिएको छ । ‘आज बिहानैदेखि नेपालबाट खाली कन्टेनर चीनतर्फ पठाउन थालिएको छ।’

गत असार २४ गते चीनतर्फबाट लेन्दे खोलामा आएको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल बगाएपछि उक्त नाका ठप्प थियो । उक्त स्थानमा चीनले बेलिब्रिज जडान गरी आजदेखि सञ्चालनमा आएको हो ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार  १३ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।