सिद्धार्थ बैंकको डेबिट कार्ड अब अनलाईनबाटै आवेदन दिन सकिने

0
Shares

सिद्धार्थ बैंकले डिजिटल प्रविधिको सदुपयोग गर्दै छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाईन मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्था ल्याएको छ ।

अब नयाँ डेबिट कार्ड लिनु परेमा, नविकरण गर्नु परेमा वा हराएकोरबिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहक महानुभावहरुले भौतिक रुपमा बैंकसम्म उपस्थित नभई घरैबाट डेबिट कार्डका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसका लागि ग्राहकहरुले बैंकको वेबसाइटमा गई (Banking service > Apply Online > Debit Card Application) वा “https://onlinedebitcard.siddharthabank.com//” मा गई आवश्यक विवरण भरी सहज रुपमा अनलाईन मार्फत आवेदन दिन सक्नेछन् ।

कार्ड तयार भईसके पश्चात बैंकले ग्राहकहरुलाई कार्ड संकलन गर्न एसएमएस मार्पmत अनुरोध गर्ने छ । ग्राहकहरुले आवेदन दिँदा कार्ड संकलन गर्न छनोट गरिएको शाखाबाट डेबिट कार्ड संकलन गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

बैंकले ल्याएको यस अनलाईन सुविधा मार्फत डेबिट कार्ड आवेदन दिन सकिने व्यवस्थाले ग्राहकहरु बैंकमा पुगेर लामो समयसम्म लाइनमा बस्नु नपर्ने र समयको बचत हुनुका साथै ग्राहकहरुलाई थप सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । यस व्यवस्थाले बैंकिङ्ग प्रणाली अझ बढि प्रभावकारी र ग्राहकमैत्री बन्ने बैंकको विश्वास छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।