७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौँ । आजसम्म नेप्सेमा कायम सेयरधनीले मात्र ७ कम्पनीको लाभांश सुरक्षित गर्न सक्ने छन् ।

आज नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी सबै कम्पनीहरुले भोली अर्थात पुस २१ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  ०८ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।