होटेल फरेस्ट इनले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले होटेल फरेस्ट इनलाई कुल ४० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउन स्वीकृति दिएको छ ।

यो सँगै होटेलले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाउनेछ ।

होटेलले २०८० साल कात्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो। होटेल फरेस्ट इनको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १० : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।