सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आज सुन तोलामा २ हजार १०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार चाँदी प्रतितोला ४ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार प्रतितोला चाँदी ४ हजार ५२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३२.३६ अमेरिकी डलर र चाँदी ७२.८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।