भारतीय अर्थमन्त्री निर्मला सीतारमणले सन् २०२१ को बजेट मार्फत सरकारी बैंकमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानका लागि व्यवस्थापन कम्पनी खोलने निर्णय गरेकी छन् ।

बैंकहरुमा बढ्दो खराबकर्जा व्यवस्थापन गर्नका लागि उच्च स्तरको उपाय अबलम्बन गर्न जरुरी रहेको उनले बताईन । त्यसका लागि बजेट मार्फत उनले एसेट रिकष्ट्रक्स कम्पनी र एसेट म्यानेजमेन्ट कम्पनीको प्रस्ताव गरेकी हुन । यी कम्पनीलाइ बैंकहरुमा रहेको खराब कर्जा ट्रान्सफर गरेर व्यवस्थापन गर्ने उनले बताईन ।
यो एक प्रकारको ब्याड बैंकको अवधारणा हो । त्यसका साथै बजेट मार्फत सरकारी बैंकलाइ पुन पुँजीकृत गर्नका लागि २० हजार करोड भारतीय रुपैयाँ व्यवस्था समेत उनले गरेकी छन् ।
भारतीय रिजर्भ बैंकको पछिल्लो वित्तीय स्थायीत्व प्रतिवेदन अनुसार बैंकिङ क्षेत्रको खराब कर्जा बढेर १३.५ प्रतिशत पुगेको छ । सान २०२० मा यस्तो अंश ७.५ प्रतिशत मात्र थियो ।
बजेट मार्फत खराब कर्जा व्यवस्थापनका लागि स्थापना गर्ने भनिएका कम्पनीहरुले बैंक वित्तीय संस्थाको खराब कर्जा लिनेछ । त्यसपछि उक्त कम्पनीले सो खराव कर्जाको विषयमा अध्ययन गरेर सम्भव भएसम्मको रकम असुल उपर गर्नेछ ।
यो कम्पनीले बैंकहरुवाट डिस्काउन्टमा खराब कर्जा लिन्छ । त्यसरी लिएको कर्जालाई रिकभर गर्ने प्रयास गर्छ । आजभन्दा करिब तीन वर्ष अघि नै सरकारी तबरवाट ५ सय करोड भन्दा ठुला नउठेका कर्जाको विषयलाई लिएर एसेट म्यानेजमेन्ट कम्पनीको स्थापना गर्ने योजना सुरु भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया