ऐतिहासिक उचाई हासिल गरेको नेप्से २५ सय विन्दु नजिक

0
Shares

दुई दिनको करेक्शन पश्चात सुधारको लयमा देखिएको शेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २.७२ प्रतिशतले बढेको नेप्से सूचक २५ सय विन्दु नजिक पुगेको छ ।

मंगलबार नेप्से सूचक ६५.४९ अंकले बढेर २४७३.७३ अंकमा उक्लिएको छ।

८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा २ सय कम्पनीको १ करोड ५३ लाख २५ हजारभन्दा बढी कित्ता शेयर किनबेच भए।

होटल बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । यसदिन इन्स्योरेन्स तथा लघुवित्त समुहमा विशेष आर्कषण देखिएको छ । तीन कम्पनीको शेयर मूल्य दश प्रतिशतले बढ्दा दुई दर्जन बढी कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

Index Current Points Change % Change  
NEPSE 2,473.73 65.49 2.72  
Sensitive 451.38 14.1 3.22  
Float 167.84 4.11 2.51  
Sen. Float 143.68 3.94 2.82  
 
Sub-Indices Current Points Change % Change  
Banking 1,723.37 33.71 1.99  
Trading 2,983.02 33 1.12  
Hotels 2,112.50 62.08 2.85  
Development Bank 2,507.29 28.38 1.14  
HydroPower 1,901.85 33.94 1.82  
Finance 1,142.33 1.44 0.13  
No Life Insurance 13,048.99 626.2 5.04  
Manu. & Pro. 6,143.04 61.29 1.01  
Others 2,044.62 80.02 4.07  
Microfinance 4,158.99 152.12 3.8  
Life Insurance 18,335.80 594.24 3.35  
Mutual Fund 12.03 0.03 0.23  
 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० माघ २०७७, मंगलबार  १५ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।