ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

0
Shares

ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने गाउँपालिका ६, छिप्रिदहमा आफ्ना नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

तीनवटा नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

त्यस्तै बैंकले ४७ एक्स्टेन्सन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा तथा २४० एटीएम र तीन अन्तर्राष्टिय सम्पर्क कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा हाल २१ लाख बढी ग्राहक रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २० माघ २०७७, मंगलबार  १६ : ४४ बजे