काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ।
एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो ।
एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन भएको छ । यसअघि प्रतिकित्ता ६९८ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको नयाँ मूल्य ६७१.१५ रुपैयाँ कायम भएको छ। त्यसैगरी, नेशनल लघुवित्त वित्तीय संस्था १४.२५ प्रतिशत बोनस शेयर समायोजन भएको छ । १ हजार ३०५ रुपैयाँको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले यसको नयाँ मूल्य १ हजार १४२.२३ रुपैयाँ तोकेको छ ।
त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस शेयरका लागि पनि मूल्य समायोजन गरिएको छ। ४७७.९० रुपैयाँको अन्तिम मूल्यलाई आधार मानेर नेप्सेले यस हाइड्रोपावरको नयाँ मूल्य ४५५.१४ रुपैयाँ निर्धारण गरेको छ। आज दोस्रो बजारमा समायोजन गरिएको मूल्यबाट कारोबार सुरु हुनेछ।





प्रतिक्रिया