काठमाडौँ । सिनामंगलस्थित एक फर्नितर गोदाममा मंगलबार दिउँसो आगलागी भएको छ । आगलागीबाट निस्किएको बाक्लो धुँवा र सुरक्षा संवेदनशीलताका कारण त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक तथा बाह्य उडान बन्द उडानहरु तत्कालको लागि बन्द गरिएको छ ।
आगलागी भएको क्षेत्र विमावस्थलको रनवे र उडान क्षेत्रको नजिकै रहेको कारण आकाशमा बाक्लो धुँवा फैलिएको छ । धुँवाले गर्दा सम्भावित जोखिलाई मध्यनजर गर्दै विमानस्थल प्रशासनले आन्तरिक तथा बाह्य उडानहरु बन्द गर्ने निर्णय गरेको हो । धुँवाको असर नरोकिएसम्म उडान प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ ।










प्रतिक्रिया