चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन घट्याे


काठमाडौँ । बुधबार नेपाली बजारमा चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्य घटेकाे छ । आज सुन तोलामा ४०० रुपैयाँले घटेसँगै प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४६४.१८ अमेरिकी डलर र चाँदी ७९.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ पुस २०८२, बुधबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।