काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से १३.३५ अंकले घटेर २६३५.९४ अंकमा पुगेको छ । बुधबार ७२ हजार ४७४ पटकको कारोबारमा १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयरहरु ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रुपैयाँमा किनबेच भएका छन् ।
मंगलबार नेप्से ९.९३ अंकले बढेर २९४९.३० अंकमा पुग्दा कारोबार रकम ७ अर्ब १२ करोड ३३ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार वित्त समूह ५.०६ र व्यापार समूह ०.२४ अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह १०३.२५ अंकले घटेको छ । होटल तथा पर्यटन समूह ९९.६६ अंकले घटेको छ ।
नारायणी विकास बैंकको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको बजारमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्तको सेयर मूल्य ३.३५ प्रतिशत, शुभम् पावरको सेयर मूल्य २.६७ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयर मूल्य २.६३ प्रतिशत र मञ्जीश्री फाइनान्सको सेयर मूल्य २.५६ प्रतिशतले बढेको छ ।
यता, एसवाई प्यानलको सेयर मूल्य ८.४५ प्रतिशतले घटेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्य ६.५९ प्रतिशत, विन नेपाल लघुवित्तको सेयर मूल्य ५.५३ प्रतिशत, ट्रेड टावरको सेयर मूल्य ४.६४ प्रतिशतले र दरमखोला हाइड्रो इनर्जीको सेयर मूल्य ४.१३ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एसवाई प्यानल २६ करोड ९४ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार सहित अग्रस्थानमा रहेको छ भने कारोबार संख्याको आधारमा पनि एसवाई प्यानल नेपाल १० हजार १५४ इकाईको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब २५ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । मंगलबार बजार पूँजीकरण ४४ खर्ब ४८ अर्ब २४ करोड १८ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया