सुनको भाउ एकै दिन तोलामा ४१ सयले बढ्यो, चाँदी तोलामा ५ हजार नाघ्यो


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन ४ हजार १०० रुपैयाँले बढेसँगै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै महँगो हो । अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेसँगै ५ हजार माथि पुगेको छ । आज चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । आइतबार प्रतितोला चाँदी ४ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५७०.३२ अमेरिकी डलर र चाँदी ८३.५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।