काठमाडौँ । साताको पहिलो कारोबार दिन आज सेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । नेप्से ५.५४ अंकले घटेर २६३५ विन्दुमा कायम भएको छ । आज सेयरबजारमा कुल ३३३ कम्पनीका सेयर कारोबार भएका छन् ।
त्यसमध्ये ७५ कम्पनीका सेयरमूल्य बढेका छन् भने १७८ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज कुल १ करोड २३ लाख ९ हजार ७४४ कित्ता सेयर ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकममा भने अघिल्लो कारोबारको तुलनामा बढेकाे हो । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये विकास बैंक, होटेल तथा पर्यटन, उत्पादनशील तथा म्युचुअल फण्ड समूहका परिसूचक सकारात्मक रहेका छन् ।
वाणिज्य बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका परिसूचकमा भने गिरावट आएको छ ।
एसवाई प्यानल नेपाल, श्रीनगर एग्रीटेक इन्डष्ट्रीज तथा रसुवागढी हाइड्रोपावर कम्पनीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने सुपरमादी हाइड्रोपावर लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था तथा मायाँ खोला हाइड्रोपावर कम्पनीका सेयरधनी रहेका छन् ।












प्रतिक्रिया