दुई करोड २४ लाखका भेप बराबद


मुस्ताङ । कोरला नाकाबाट दुई करोड २४ लाख रुपैयाँ बराबरका विद्युतीय चुरोट (भेप) बरामद भएको छ ।

नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार कन्टेनर र त्यसका चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका—५ का पेमा लामालाई नियन्त्रणमा लिइएको छ ।

यसअघि गत वर्ष पनि ६ करोड ८१ लाख रुपैयाँ बराबरका भेप बरामद भएका थिए ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १२ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।