नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक ४.९० अङ्कले बढेर २६३९.९१ को बिन्दुमा कायम भएको छ ।

आज ३४९ कम्पनीको एक करोड ३६ लाख २४ हजार ८२४ कित्ता सेयर ७७ हजार १७ पटक खरिदबिक्री हुँदा छ अर्ब ९९ करोड चार लाख ८४ हजार ३९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ ०.१४, वित्त ०.२९, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.२३ र लघुवित्त ०.२० प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ । जलविद्युत १.०२, लगानी ०.०४, म्युचुअल फण्ड ०.४२, निर्जीवन बीमा ०.०७, व्यापार ०.९८ र अन्य समूह ०.७८ प्रतिशतले बढेको छ ।

आज थ्रीस्टार हाइड्रोपावर लिमिटेडलेको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सबभन्दा धेरै ६.०९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।