प्रतितोला २ लाख ७८ हजार सुनको मूल्य ‘अल टाइम हाई’


काठमाडौँ । नेपाली बजारमा सुन इतिहासकै सबैभन्दा महँगो भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ ।
जबकि मंगलबार २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार ५०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो ।

यो साता लागेसँगै सुनको मूल्य दैनिक आकासिएको होे ।

त्यसैगरी, आज चाँदीको मूल्यमा रेकर्ड कायम भएको छ । यो साता लागेसँगै आकासिएको चाँदीले पनि दैनिक रेकर्ड कायम गरेको हो । आज चाँदी तोला ३१५ रुपैयाँले बढेसँगै ५ हजार ६५५ रुपैयाँ कायम भएको छ । जुन ऐतिहासिक मूल्य हो । मंगलबार १ तोला चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँमा कारोबार थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६३३.५७ अमेरिकी डलर र चाँदी ९०.७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।