काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १.५२ अङ्कले बढेर २६४१.४३ को विन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको एक करोड २५ लाख चार हजार ९७० कित्ता शेयर ७२ हजार ६७१ पटक खरिदबिक्री हुँदा छ अर्ब २० करोड ९४ लाख ३८ हजार ९०६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक ०.०१, वित्त २.५५, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.७, लगानी ०.११, म्युचुअल फण्ड ०.८, निर्जीवन बिमा ०.३८ र व्यापार समूह ०.६७ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.०८, जीवन बिमा ०.०१, उत्पादन तथा प्रशोधन ०.४१, लघुवित्त ०.०५ र अन्य समूह ०.१३ प्रतिशतले घटेको छ ।
सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९४ प्रतिशतले बढेको छ भने सबैभन्दा बढी आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८ ३.३० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको २६ करोड २४ लाख चार हजार १८४ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी छ लाख ७१ हजार ११८ कित्ता शेयर खरिदबिक्री भएको छ ।












प्रतिक्रिया