काठमाडौँ । उच्च मूल्य रेकर्डबाट सुनचाँदीको घाउ घटेको छ । बिहीबार सुनको भाउ तोलामा एक हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
यसैगरी, बुधबार उच्च रेकर्ड कायम गरेको चाँदी आज तोलामा १७० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी ५ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन ऐतिहासिक मूल्य हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५९४.५९ अमेरिकी डलर र चाँदी ८७.७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया