प्रभुु क्यापिटलको सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म

0
Shares

प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमा पनि सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरी डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विभिन्न सेवा प्रदान गर्ने जनाएको छ ।

‘8 To 8’ अन्तरगत सेवाहरु

डिम्याट खाता खोल्ने,

मेरो शेयर खाता खोल्ने,

डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने,

मेरो शेयरको पासवर्ड रिसेट गर्ने,

भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने,

बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,

राफसाफको लागि डिआईएस लिने,

शेयर रोक्का राख्ने कार्य, आदि ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।