काठमाडौँ । सन् २०२५ मा श्रीलङ्काको डिजिटल सीपमा सुधार भएको जनगणना र तथ्याङ्क विभागको पछिल्लो सर्वेक्षणले देखाएको छ । वर्षको पहिलो ६ महिनामा राष्ट्रिय कम्प्युटर साक्षरता दर बढेर ३८.४ प्रतिशत पुगेको छ ।
सर्वेक्षणअनुसार सहरी क्षेत्रमा सबैभन्दा बढी साक्षरता दर ५२.१ प्रतिशत रहेको छ भने ग्रामीण क्षेत्रमा ३६.६ प्रतिशत र सुदु्र ग्रामिण इलाकामा १८.६ प्रतिशत साक्षरता रहेको थियो ।
सर्वेक्षणले सन् २०२५ को पहिलो अर्धवार्षिकमा पुरुषहरूमा ३९.९ प्रतिशत र महिलाहरूमा ३७.१ प्रतिशतमा कम्प्युटर साक्षरता रहेको देखाएको छ । खासगरी, १५ देखि १९ वर्ष उमेर समूहका युवाहरू सबै उमेर समूहमा सबैभन्दा बढी कम्प्युटर साक्षरता दर ७५.६ प्रतिशत रहेको छ।
श्रीलङ्काको शैक्षिक स्तर डिजिटल सीपसँग जोडिएको पाइएको छ। सामान्य शिक्षा प्रमाणपत्र उन्नत स्तर वा उच्च तहका शिक्षित व्यक्तिहरूको कम्प्युटर साक्षरता दर ७८.६ प्रतिशत रहेको रिपोर्टमा उल्लेख छ ।
विभागले अंग्रेजीमा साक्षर व्यक्तिहरूमा कम्प्युटर साक्षरता बढी भएको पनि उल्लेख गरेको छ। श्रीलङ्काले कम्प्युटर साक्षरतालाई आफैंले कम्प्युटर प्रयोग गर्नसक्ने ५ देखि ६९ वर्ष उमेर समूहका जनसङ्ख्याको एक भागकोे रूपमा मापन गर्दछ ।












प्रतिक्रिया