तयारी पोशाक व्यवसायीहरुलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जा

0
Shares

मेगा बैंक (MEGA) ले तयारी पोशाक व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने गराउने भएको छ । बैंक, मेगा क्यापिटल र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच मा घ२४ गते शनिबार त्रिपक्षीय सहमति भएको छ ।

उक्त सम्झौतामा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कर्जा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघको तर्फबाट अध्यक्ष किशोर नेपालले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीय पहुँच बढाई व्यवसाय वृद्धि तथा विस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उहाँहरुसँग आवद्ध मजदुरको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।