शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरेको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत पुस १६ गते नेपाल धितोपत्र बोर्डबाट ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न अनुमति पाएको थियो, जसको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।

२२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि छुट्याइएको छ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकले पनि न्यूनतम १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण बैंक र वित्तीय संस्थाका तोकिएका शाखा तथा मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार  ०७ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।