सानिमा लाइफको खुद बीमाशुल्क १३४ प्रतिशतले बढ्यो

0
Shares

सानिमा लाइफ इन्स्योरेन्स (SLI) ले चालु आर्थिक वर्षको दोश्रो त्रैमासम्ममा १३४.७७ प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।

बीमा शुल्क बापत कम्पनीले ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ संकलन गरेको छ । गत आवको यसै अवधिमा आय ४० करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्ममा सानिमा लाइफले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरकेो छ । गत आवको यसै अवधिमा ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले २ करोड ३ लाख १३ हजार रुपैयाँले नाफा बढाएको हो ।

चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ७.९३ रुपैयाँ छ । जगेडा कोषमा १७ करोड १९ लाख ४६ हजार रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११२.२८ रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ६७ करोड ८ लाखबाट बढेर १ अर्ब ६३ करोड ७ लाख रुपैयाँको छ । यस्तै महाविपत्ति कोष १ करोड १० लाखबाट १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्मा कम्पनीले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ र १ अर्ब ५५ करोड २४ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कर्जा लगानी बढेसँगै गगत आवकोे यसै अवधिमा २ करोड ७ लाख रहेको लगानी कर्जा तथा अन्य आय बढेर ५ करोड ६६ लाख ८६ हजार पुगेको छ ।

चालु आवको ६ महिना अवधिमा कम्पनीले ९७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ३५ हजार ८२४ वटा बीमलेख जारी गरेको कम्पनीले हालसम्म २ अर्ब ६९ करोड १८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । कम्पनीले ५३ वटा दाबी वापत १ करोड ९३ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड शेयर जारी गर्ने प्रकृयामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।