सोमबार सुनको मूल्य घट्यो

0
Shares

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ, तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदी तोलाको ५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।