काठमाण्डौं । किताबको अक्षर वा शब्द थाक्दैनन्। तर, मानिस थाक्छ। कथा भने हिँडिरहन्छ। यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,’ किताब जात्रा फेस्टिभलका निर्देशक ऋषिराम अधिकारीले भने। समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि अनि नेपाली र नेपाली भाषी रहेका ठाँउहरुमा किताब जात्रालाई निरन्तरता दिन चाहेको उनको भनाइ छ।
फेस्टिभलमा आधा दर्जनभन्दा बढी छलफल सत्र, अन्तर्क्रियात्मक कार्यक्रम र अन्य रचनात्मक कार्यक्रम समावेश गरिएको छ ।
कार्यक्रममा नेपाल र भारतका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ। साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधिलगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।
महोत्सवमा नेपाली किताबको प्रदर्शनी समेत रहनेछ ।साहित्यकार नयन राज पाण्डे, अमर न्यौपाने,सञ्चारकर्मी टीकाराम यात्री, समा थापा, लेखक अतुल के ठाकुर, अनुराग बस्नेत,लेखक डा। श्रीधर खनाललगायत अन्य नेपाली र भारतीय लेखक र समालोचकहरुको उपस्थिति रहने छ ।
महोत्सवमा कवि विप्लव प्रतीकको काव्यिक प्रस्तुती र स्ट्यान्ड अप कमेडियन प्रभात लामाको प्रस्तुती रहनेछ । साहित्यकारद्वय नयन राज पाण्डे र अमर न्यौपानेको नेपाली भाषाबाट अङ्ग्रेजी भाषामा अनुवाद गरेको किताबको दिल्ली विमोचन कार्यक्रम पनि रहेको छ ।












प्रतिक्रिया