सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ७३.२८ प्रतिशतले खुद बीमाशुल्क बढाएको छ ।
इन्स्योरेन्सले यस अवधिमा १ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ खुद शुल्कबीमा आर्जन गरेको छ ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ७९ करोड ३६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
इन्स्योरेन्सको खुद बीमाशुल्कसँगै खुद नाफा समेत बढेको छ । इन्स्योरेन्सले खुद नाफा ९८ लाख ४२ हजार रुपैयाँले बढाएर ११ करोड १ लाख रुपैयाँ पु¥याउन सफल भएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट १२ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ ।
चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ, जगेडा कोषमा ७२ करोड ८० लाख रूपैयाँ र महाविपत्ती कोषमा ६ करोड ८४ लाख रूपैयाँ सञ्चित छ ।
हालसम्म कम्पनीले ३७ हजार ७०५ बीमालेख जारी गरी यस अवधिमा एक अर्ब ४० करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । इन्स्योरेन्समा आबद्ध अभिकर्ताले कमिशन वापत २६ करोड १९ लाख रुपैयाँ बुझेका छन् । कम्पनीले २८५ वटा दाबी बापत २६ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६४ वटा दाबी बापत २ करोड ६५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
कम्पनीले ७५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको प्रक्रियामा रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया