राधी विद्युत कम्पनीले लाभांश वितरण नगर्ने

0
Shares

राधी विद्युत कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको माघ २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले २०७७ फागुन १९ गते बिना लाभांश कम्पनीको साधारण बोलाउने निर्णय गरेको हो । सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, र प्बन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

सोही आवको साधारण सभा हुन नसकेकोले वार्षिक प्रतिवेदन नबुझाउँदा सोमबार मात्रै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का भएको थियो । शेयर कारोबाररोक्का भएसँगै सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन ४ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।