एकैदिन २० हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि कायमै


काठमाडौँ । बुधबार एकै दिन सुनको भाउ तोलामा २० हजार रुपैयाँले बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर नयाँ रकेर्ड कायम गरेको हो ।

पछिल्लो एक महिनादेखि निरन्तर उकालो लागेको छ । सोही आधारमा सुनचाँदीको मूल्य दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो कारोबार दिन बुधबार ३ लाख १८ हजार ८०० रुपैयाँ कायम भई उच्च मूल्यको रेकर्ड बनाएको सुनको भाउमा आज पुनः नयाँ रेकर्ड बनेको हो ।

यस्तै, बिहीबार चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेको हो ।

आज चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार ५५६.४६ अमेरिकी डलर र चाँदी ११८.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार  ११ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।