ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा आएको प्राविधक समस्या हल भएपश्चात शेयर कारोबार पुनः सुचारु भएको छ ।
मंगलबार मध्यान्न सबा १२ बजेदेखि ठप्प रहेको शेयर कारोबार १ बजेपछि सुचारु भएको हो । ट्रेड म्यानेजमेन्ट सिस्टम र नेप्सेको म्याचिङ्ग इन्जिनबीच सम्पर्क स्थापित हुन नसक्दा डिएनए लगआउट भई सबै ब्रोकर कम्पनीहरुको अनलाईन कारोबार प्रणाली मार्फत शेयर कारोबार हुन सकेको थिएन ।
ट्रेड म्यनेजमेन्ट सिस्टमको प्रवाधिक कार्य हेरिरहेको वाइको प्रालीले समस्या समाधानपछि शेयर कारोबार सुचारु भएको जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया