काठमाडौँ । गोरखापत्र संस्थानले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेको स्थानमा दरखास्त आह्वान गरेको हो ।
माग गरिएका पदमा पत्रकारितातर्फ नायब कार्यकारी सम्पादक, समाचारदाता, फोटो पत्रकार र पेज डिजाइन सहायकलगायत छन् । यस्तै प्रशासन अधिकृत, लेखा अधिकृत, बजार अधिकृत, लेखापाल माग गरिएको छ । प्राविधिकतर्फ वरिष्ठ प्रेसम्यान, सहायक प्रेसम्यान, वरिष्ठ इलेक्ट्रिसियन, प्रेस डिजाइनर, कनिष्ठ बुक बाइण्डर र हेल्परलगायत माग गरिएको छ ।
खुला तथा समावेशी समूहमा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुक नेपाली नागरिकहरूलाई रीतपूर्वक दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । इच्छुक व्यक्तिले सूचनामा उल्लेख भएबमोजिम प्रक्रिया पूरा गरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेश गर्न सक्नेछन् ।













प्रतिक्रिया