सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

0
Shares

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले राजीनामा गरेका छन् । पौड्यालको राजीनामा आजै बस्ने बैंक संचालक समितिले स्वीकृत गर्ने बताइएको छ ।

बैंक सञ्चालकसंगको विवादका कारण पौड्यालले राजीनामा गर्ने अवस्थामा पुगेका हुन् । पौड्याल र सञ्चालकबीचको विवाद राष्ट्र बैंकले मिलाएको भएपनि पूर्ण रुपमा समाधान हुन नसक्दा उनी बैंक छोड्न बाध्य भएका हुन् ।

पौडेल २०७६ असार २९ गते सनराइजको सीईओ नियुक्त भएका पौड्यालले साउन ९ गतेदेखि सीईओको जिम्मेबारी सम्हालेका थिए । सीईओ बनेको १९ महिनामा पौड्याल बैंकबाट बाहिरिएका हुन् । उनी ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए ।

करिब ३२ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका थिए।

सनराइज बैंकले सोमबार मात्रै नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको थियो । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत राणा २०७६ कात्तिकमा नायब महाप्रबन्धकको रुपमा सनराइज बैंक प्रवेश गरेकी थिइन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।