तीन दिनको भारी गिरावटपछि सुन चाँदीको भाउमा सामान्य वृद्धि


काठमाडौँ । लगातार तीन दिन भारी रकमले गिरावट आएको सुनको मूल्य मंगलबार सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले बढेको हो ।

तीनदिनमा सुन तोलामा ५२ हजार ७०० रुपैयाँले घटेको थियो । सोही समयमा चाँदीमा २ हजार ३०५ रुपैयाँको गिरावट आएको थियो । मंगलबार चाँदी १३५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, मंगलबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८१३.१७ अमेरिकी डलर र चाँदी ८३.४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।