रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा खुद बीमाशुल्क ५३.२४ प्रतिशतले बढाएको छ ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सले एक अर्ब ३१ करोड ९७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ ।
गत आवको यसै अवधिमा कम्पनीले ८६ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।
इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा ३४.२० प्रतिशतले खुद मुनाफा आर्जन बढाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमासको अवधिमा १७ करोड ७९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले १३ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
कम्पनीले कर्जा, लगानी तथा अन्य आयबाट १७ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले यस शीर्षकबाट ६ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो । इन्स्योरेन्सले यस अवधिमा अभिकर्ता कमिशन वापत १७ करोड ५९ लाख रुपैयाँ खर्चेको छ ।
चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५.४२ रुपैयाँ रहेको छ । जगेडा कोषमा ८० करोड रुपैयाँ सञ्चित रहेको कम्पनीको वार्षिक प्रतिशेयर नेटवर्थ १५७.१६ रुपैयाँ छ ।
कम्पनीको बीमा कोषको आकार ८७ करोड २६ लाख रुपैयाँबाट बढेर एक अर्ब ९० करोड रुपैयाँ पुगेको छ । महाविपत्ती जगेडा कोषमा ७ करोड ५० लाख रुपैयाँ सञ्चित छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया