सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट


काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १२.५८ अंकले घटेर २६८३.१५ अंकमा पुगेको हो । मंगलबार कारोबारमा आएका ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक किनबेच  हुँदा ८ अर्ब ६३ करोड १५ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार नेप्से १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुग्दा कारोबार रकम ८ अर्ब २२ करोड ३९ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार समग्र बजार घट्दा पनि कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता, सान्भी इनर्जीको सेयर मूल्य सबैभन्दा बढी ४.६३ प्रतिशतले घटेको छ । पियोर इनर्जीको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको बजारमा शिवश्री हाइड्रोपावरको सेयर मूल्य ४.०५ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य ४.०४ प्रतिशतले घटेको छ ।

मंगलबार कारोबार रकमको आधारमा एसवाई प्यानल नेपाल ५९ करोड २९ लाख ८ हजार रुपैयाँँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाइ संख्याको आधारमा १२ लाख ५८ हजार १७७ इकाईको कारोबार सहित आँखु खोला जलविद्युत अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा भने एसवाई प्यानल नेपाल ८ हजार ३८ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।

मंगलबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ कायम भएको छ । सोमबार बजार पूँजीकरण

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार  १५ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।