सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, शेयर स्वाप डिडिएबाट निर्धारण गर्ने सम्झौता

0
Shares

सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।

बुधबार विराटनगरमा आयोजित एक कार्यक्रममा एक्विजिशन सम्बन्धी सम्झौताम हसताक्षर भएको छ ।

उक्त सम्झौतामा बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकले फाइनान्सलाई गाभे पछि निक्षेप संकलन १ खर्ब ३४ अर्ब रुपैयाँ पुग्नेछ भने ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा संख्या १८८ हुनेछ । हाल बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा फाइनान्सलाई गाभे पछि उक्त प्रदेशमा बैंकको शाखा संख्या २७ पुग्नेछ भने प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् २८ वटा शाखाहरु हुनेछन् ।

शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदन (डीडीए) द्वारा निर्धारण गर्ने सहमति भएको छ। बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई पनि प्राप्ति गर्ने प्रक्रियामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।