काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो कारोबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार १०० रुपैयाँले बढेसँगै ३ लाख ४ हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार चाँदी तोलामा २४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १५.८ अमेरिकी डलर र चाँदी ८१.८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया